आन्दोलनमा उत्रिए पेट्रोलियम ढुवानी व्यवसायी

माग पूरा नभए २० गतेबाट लोड नगर्ने चेतावनी

प्रकाशित मिति: १५ श्रावण २०७९, आईतवार

काठमाडौं। भाडा समायोजनको माग राख्दै आएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएको छ।

भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएको महासंघले सरकारले कुनै चासो नदेखाएपछि पुनः आन्दोलनमा उत्रने भएको हो।

साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गर्दा समेत माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने घोषणा गरेको हो।

महासंघले देशभर २० गतेबाट सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने तथा २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने निर्णय गरेको जनाएको छ ।

हालको ढुवानी भाडाबाट टैकंर संचालन गर्न नसकिने भएकाले सम्पूर्ण खर्च निगमले गरी संचालन गर्न चाहेमा महासंघ मार्फत निगमलाई टैकंर समेत उपलब्ध गराईने महासंघले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट