जनार्दन शर्मामाथि छानबिन समितिको म्याद ७ दिन थप

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहीबार

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद ७ दिन थप भएको छ।

प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि गठन गरेको विशेष समितिलाई सुरुमा दश दिनको समय दिइएको थियो।

त्यो समयसीमा आज सकिएपछि आज बसेको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट