नेपालीले खाने आयो नुनमा आयोडिनको मात्रा अधिक छैन : विभाग

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेपालीले खाने नुनमा आयोडिनको मात्रा मापदण्डभन्दा बढी नभएको भेटिएको छ । खाद्य प्रवधि तथा गुण नियन्त्रण विभागले नेपालीले खाने नुनमा आवश्यकताभन्दा बढी मात्रामा आयोडिन पाइएको विषय प्रयोगशाला परीक्षणबाट पुष्टि नभएको जनाएको हो ।

विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपालीले प्रयोग गरिरहेको नुनमा बाहिर प्रचार भएजस्तो आयोडिनको मात्रा बढी भएको प्रयोगशालाबाट पुष्टि नभएको बताएकी छन् । ‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्राभन्दा माथि नै नुन पाएका छौं,’ महानिर्देशक जोशीले भनिन्, ‘नुनमा कम्तिमा ३० पीपीएमदेखि ५० पीपीएमसम्म आयोडिनको मात्रा भए ठिक हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । हाम्रो परीक्षणमा यस्तो नेपालको यस्तो मात्रा पुगेको देखिन्छ ।’

नेपालीले प्रयोग गर्ने आयोडिन युक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको भन्दै नेपालको हकमा नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठिक र बेठिक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

आयोडिनका कारण नेपालले आयोडिन अभावका कारण हुने रोग प्रतिरोधमा ठूलो जित हासिल गरेको भन्दै उनले यसको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो रहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट