नागरिकता विधेयक पारित नगरेको भन्दै सरकार निकट विद्यार्थी संगठनको प्रदर्शन

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं। सरकार निकट संयुक्त विद्यार्थी संगठनले नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल निकट विद्यार्थी संगठनले संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै विरोध गरेका हुन् ।

काठमाडौंको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय पारिदिएपछि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको नि‍ष्कर्ष निकालेको थियो।

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शनमा सहभागी भएकाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति नेकपा एमालेको सहयात्री बनेको आरोप समेत लगाका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट