फेरि बढ्न थाल्यो कोरोना, एकै दिन थपिए १७७ जना

प्रकाशित मिति: २८ असार २०७९, मंगलवार

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमणदर फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै सक्रिय कोरोना संक्रमितको संख्या ८७३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४१ जना संक्रमणमुक्त भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट