सरकारले युवाको क्षेत्रमा लगानी बढाउनुपर्छ : सांसद् रमा आले

प्रकाशित मिति: २० असार २०७९, सोमबार

काठमाडौं । जिल्ला युवा समितिकी बागमती प्रदेशसभा सदस्य रमा आले मगरले युवा उमेर समूहलाई सहि मार्ग निर्देशन गर्न आवश्यक रहेकाले सरकारले युवाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् ।

सोमबार राजधानीमा आयोजित गरिएको प्रदेश स्वयंसेवक तालिममा बोल्दै बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति समेत रहेकी मगरले युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरुले पनि भूमिका खेल्नुपर्ने बताएकी हुन् ।

काठमाडौं जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरको अध्यक्षतामा ‘सिर्जनशीलता र युवा उद्यमशीलता प्रर्वद्धन बागमतीमा युवा सशक्तिकरण’ भन्ने नारासहित युवाको हित युवामैत्री सरकार निर्माणमा पहल कदमी पु¥याउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो।

जिल्लाभित्रका युवाहरुलाई आर्थिक, सामाजिक, उद्यमीशील, स्वास्थ्य एवम् खेलक्षेत्रमा थप सशक्त बनाउन स्वयम्सेवक तालिमकको आयोजना गरिएको युवा समितिका अध्यक्ष रुपा थापाले बताईन् । स्वयम्सेवक तालिममा सहभागी २० जनालाई काठमाडौं जिल्ला युवा समितिले प्रमाणपत्र प्रदान गरेको थियो ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा परिषदको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली सेनाका महासेनानी मुनाल बस्नेत, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रीय आम सञ्चार तथा प्राज्ञिक विभागका सदस्य कृष्णराज गौतम, नेपाल स्काउटका प्रशिक्षक सन्तोष गिरी लगायतको सहभागिता रहेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट