समाचार
प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५२ हजार ३०० मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाइसकेका छन्। जित नजिक पुगेका बालेनले अहिलेसम्मको गणनामा ५० हजार ४९२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३१ हजार ५३९ मत प्राप्त गर्दै दोस्रो स्थान बनाएकी छन् भने सुरुमा दोस्रो नम्बरमा रहेका नेकपा […]


प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार

सुनसरी । लौरो चुनाव चिन्ह लिएर धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका हर्क साम्पाङले करिब १३ सय मतको अग्रता बनाएका छन्। गठबन्धन भन्दा झन्डै १३ सय मतले अगाडि रहेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन्। शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा […]


प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । बुधबार सम्पन्न मतगणनामा एमालेका मिठाराम अधिकारी मेयरमा र अनिता लामा उपमेयरमा विजयी भएका हुन् । बुढानीलकण्ठ नगरपालिकाको मेयरमा विजयी भएका अधिकारीले १४ हजार २५० मत र उपमेयरमा निर्वाचित लामाले १४ हजार ३१४ मत प्राप्त गरेका थिए। एमालेका अधिकारी मेयरमा विजयी हुँदा कांग्रेसका […]


प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले ४ हजार ४७३ मतका साथ अग्रता बढाउदै लगेका छन् । कांग्रेसका उम्मेदवार महर्जनले ७ हजार ७२६ मत गणना हुँदा ४ हजार ४७३ मत पाएका हुन् । यता एमालेबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् भने उपप्रमुखमा एमालेकी उम्मेदवार […]


प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलवार

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज (मंगलबार) राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्न आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान […]


प्रकाशित मिति: २५ बैशाख २०७९, आईतवार

काठमाडौं । वैशाख ३० गते हुने निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा सरकारले २० लाख रुपैयाँ दिने भएको छ। गृह मन्त्रालयको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका बेला सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । उक्त सहायता निर्वाचनमा खटिने नेपाली सेना, […]


प्रकाशित मिति: १५ बैशाख २०७९, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू विजयी भए काठमाडौंका गृहिणीलाई भत्ताको व्यवस्था गर्ने बताएकी छन् । बिहीबार आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गर्दै उम्मेदवार सिंहले मेयरमा विजयी भएमा आफूले काठमाडौंका गृहिणीलाई भत्ताको व्यवस्था गर्ने, विदुर पुरुषका लागि राहतको व्यवस्था गर्ने तथा जेष्ठ नागरिहहरुका लागि समेत राहत प्याकेज ल्याउने […]


प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । देशमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राख्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन शनिबार […]


प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

काठमाडौं। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने जनाएको छ। सोसाइटीका अनुसार आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न सकिने छ । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने […]


प्रकाशित मिति: ४ बैशाख २०७९, आईतवार

काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने भएको छ । भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार आगामी तीन दिन पश्चिम तराईमा तातो हावा (हिट वेभ) चल्ने भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ […]


प्रकाशित मिति: २६ चैत्र २०७८, शनिबार

काठमाडौं । रामनवमीको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको जनाएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । नेपालका एक मात्रै अर्बपति विनोद चौधरी धनाढ्यहरुको सूचीमा १९२९औँ नम्बरमा परेका छन्। विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूचीअनुसार यो वर्ष अर्बपति विनोद चौधरीको सम्पत्ति १० करोड डलर थपिएसँगै उनी फोर्ब्सको सूचीमा १९२९औँ नम्बरमा परेका हुन् । फोर्ब्स पत्रिकाले गएराति सार्वजनिक गरेको सूचीअनुसार व्यवसायी चौधरीको सम्पत्ति गत वर्ष १.४ […]


प्रकाशित मिति: २० चैत्र २०७८, आईतवार

भक्तपुर । तेजकृष्ण नानीमाया स्मृति पुरस्कारबाट नेपाल टेलिभिजनका क्यामरापर्सन तथा रिपोर्टर नेपाल डटकमका क्यामेरा डिपार्टमेण्टका सल्लाहकार अशोककुमार बस्नेतसहित आशाकाजी थकु र अन्न पुर्णेश्वरी श्रेष्ठलाई सम्मान गरिएको छ । मध्यपुर ठिमीमा शनिबार आयोजित एक कार्यक्रममा नेवारी हास्य नाट्यको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गएिको हो। दबुली नेपालले आयोजना गरेको कार्यक्रममा परम्परागत लोकबाजाको मौलिकता बचाउन प्रयासरत […]


प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्लो दुई दिनदेखि वायु प्रदुषण बढेको छ। वातावरण विभागका अनुसार अहिलेको प्रदूषणको मुख्य कारण जंगलमा लागेको डढेलो हो । वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए। पौडेलकाअनुसार यो मौसममा नेपालमा मात्रै नभई दक्षिण […]


प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको जागिर खान मागभन्दा झन्डै तेब्बरले आवेदन दिएका छन्। ४० दिनको लागि ४४ हजार रुपैयाँ पाउने जागिर खान २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीको तथ्यांक छ । जसमा ६९ हजार ६ सय ८० जना महिला रहेका छन्। कुल […]



 

 

 

 

 

 

 


ताजा अपडेट