२६ गते आइतबार सार्वजनिक बिदा

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै २६ गते आइतबार नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको जनाएको हो।

बकर इदको अवसरमा मुस्लिम आयोगले अनुरोध गरेपछि गृह मन्त्रालयले देशभर सार्वजनिक बिदा दिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट