फोहोर व्यवस्थापन ठूलो कुरा होइन तर, यसभित्रको गिरोहले काम गर्न दिएन : जीवनराम श्रेष्ठ

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताएका छन् ।

आज काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको आरोप लगाएका छन्।

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका मन्त्री श्रेष्ठले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले भने,’फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ।’

मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट