रिटर्नी फेडेरेसन नेपालको बुढानिलकण्ठ नगर भेला सम्पन्न (फोटो/भिडियो)

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको बुढानिलकण्ठ नगर भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका उप-महासचिव काजी थापाले रिटर्नी फेडेरेसन नेपालको बारेमा चर्चा गर्दै नेपालको जनसंख्याको महत्वपूर्ण संख्या वैदेशिक रोजगारीका लागि विदेशिएका र उनीहरु आफ्नो मुलुक फर्कि सकेपछि उनीहरुले ल्याएको ज्ञान, पूँजी र सिप नेपाली भूमिमा नै सहि रुपमा सदुपयोग हुन सके सिंगो मुलुकले नै कोल्टे फेर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटिका सदस्य संगम गहतराजले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन रिटर्नी फेडेरेसनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे । शनिबार आयोजना गरिएको उक्त भेलाले १५ सदस्यीय नगर कमिटि गठन गर्नुका साथै आउँदा दिनहरुमा सम्पूर्ण वडा स्तरमा नै वडा कमिटिहरु गठन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सदस्य एवम् काठमाडौं जिल्ला ईन्चार्ज ज्ञानु खवास, नेकपा एमाले काठमाडौं जिल्ला कमिटिका जयराम थापा, नगर कमिटिका तर्फबाट सुनितादेवी गुरुङ, विनोद कुमार तामाङ, कञ्चन बास्तोलालगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सफल बनाउन रिटर्नी फेडेरेसन नेपाल काठमाडौं जिल्ला कमिटिका सचिव कमला राई, कोषाध्यक्ष मेनुका थापा दाहाल एवम् जिल्ला सदस्य रमेश अधिकारीले समन्वय गरेका थिए। बुढानिलकण्ठ वडा नम्बर ११ दिलीप थापा निवासमा संचालित कार्यक्रममा नेकपा एमालेका जनवर्गिय संगठन एवम् जन प्रतिनीधिहरुको पनि उपस्थिति रहेकोथियो ।

रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष हेम राईले नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउँदै बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका थिए ।

(फोटो/भिडियो : रेनु कार्की )


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट