सिभिल मल छिरेका युवकले पेट्रोल छर्किएर आफैँमाथि लगाए आगो

प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् ।

करिब २९/३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० बजे आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।

उनले किन आफ्नै शरीरमा आगो लगाए भन्ने कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले उनलाई फेला पारेर उद्धार गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट