राप्रपा उम्मेदवारका लागि भोट माग्दै मनिषा कोइराला

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा सहभागी भएकी चर्चित अभिनेत्री मनिषा कोइरालाले राप्रपा उम्मेदवारका लागि भोट मागेकी छन् ।

काठमाडौंको बसन्तपुरमा राप्रपाले शुक्रबार आयोजना गरेको चुनावी सभामा सहभागी हुन पुगेकी मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपाका लागि भोट मागेकी हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बीपी कोइरालाको विचार बोकेकाले पनि आफूले राप्रपालाई रोजेको उनले बताइन् । कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी समेत रहेकी अभिनेत्री मनिषाले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क गरिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट