यती विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा

प्रकाशित मिति: १ माघ २०७९, आईतवार

काठमाडौं । सरकारले यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

निधन भएकाहरुप्रति समवेदना उनले बैठकपछि भने, भोलि माघ २ गते एक दिन सो घटनाका सन्दर्भमा शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बैठकले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको बताउँदै उपप्रधानमन्त्री पौडेलले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको जानकारी दिए ।

चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार काठमाडौंबाट पोखरा जाँदै गर्दा दुर्घटना भएको हो। घटनास्थलबाट अहिलेसम्म २९ जनाको शव निकालिएको छ भने बाँकीको उद्धार कार्य चलिरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट