फागुन १ गते सार्वजनिक बिदा

प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

२०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको सरकारको निष्कर्ष छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट