वर्षायाममा मेलम्चीको विकल्प खोज्न बागमतीबाट १० करोड लिटर पानी थपिने

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द गरिने भएकाले वर्षायाममा मेलम्चीको विकल्प खोज्न थालिएको बताएको छ ।

केयूकेएलले सोमबार पत्रकार सम्मेलन गर्दै वर्षायाममा मेलम्चीको विकल्प खोज्नका लागि वर्षायाममा १० करोड लिटर पानी थप्न नयाँ २० इन्चको पाइप राख्न लागिएको जनाएको छ ।

मेलम्चीको विकल्पमा बागमती नदीबाट १० करोड लिटर पानी उत्पादन वृद्धि गर्ने तयारी गरिएको छ, केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले भने, ‘वर्षायाममा अहिले बागमतीबाट लिइएकोभन्दा बढी पानी लिन सकिन्छ, मेलम्चीबाट पानी आउन बन्द हुने समयमा हामीले बागमतीबाट थप पानी ल्याउन प्रक्रिया थालिसकेका छौं ।’

केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा हिउँदयाममा करिब दैनिक २६ करोड लिटरको पानीको आपूर्ति भइरहे पनि माग भने ४७ करोड लिटर नाघेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट