कांग्रेसले बागी र सहयोगी ५ जनालाई पार्टीबाट निकाल्यो

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गतेको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका पाँच जना सदस्यलाई कारबाही गरेको छ।

कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावकमाथि कारबाही गरेको हो ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई ५ वर्षका लागि सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट