यती विमान दुर्घटना : ६८ जनाको शव भेटियो, बाँकी ४ को खोजी जारी

प्रकाशित मिति: २ माघ २०७९, सोमबार

पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ । चालकदलका ४ जनासहित ७२ जना सवार यती एअरलाइन्सको विमान आइतबार काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

उक्त विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको र बाँकी ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

सोमबार पनि उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रशासन कार्यालय कास्कीले जनाएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा गरी ६८ शव बाहिर निकालिएको थियो ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग गरिएको छ भने गोताखोरको प्रयोग भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट