समाचार
प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल रसुवा, १२ माघ । अवैधरुपमा सुन भित्रिन थालेपछि उत्तरी नाका रसुवागढीमा नेपाल प्रहरीले जाँच परीक्षण कार्य कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो । यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

काठमाडौं, १२ माघ । बाबा गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण हुन गयो भन्ने जन विश्वास छ । राजधानी काठमाडौंबाट करिब १४० कि.मी. दुरीमा रहेको यो समुन्द्रि सतहबाट १२१० मिटरको उचाइमा अवस्थित छ । गोरखा बजारबाट ४० मिनेटको दुरीमा यो दरबार छोटो पैदलयात्राको लागि उपयुक्त मानिन्छ । यो दरबार उच्च स्थानमा रहेको हुनाले यहाँबाट विभिन्न हिमश्रृङ्खलाहरु […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

सोलुखुम्बु, १२ माघ । उपभोक्ता समितिका पदाधिकारी पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि सम्पर्क विहीन बनेका छन् । पदाधिकारी सम्पर्क विहीन भए पछि १८ महिना बितिसक्दा समेत विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अघि बढ्न नसकेको हो । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

झापा, १२ माघ । विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । झापा फर्किएको टोलीले बिर्तामोडमा आयोजित एक कार्यक्रममा मङ्गलबार पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर त्यस्तो प्रतिक्रिया दिएका हुन् । स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

ताप्लेजुङ , १२ माघ । ताप्लेजुङको जिल्ला अस्पतालमा फार्मेसीका कर्मचारी पाँच दिनदेखि बिदामा रहदा सेवाग्राही मर्कामा परेका छन् । फार्मेसीमा कार्यरत कर्मचारी रेसा लावती घरायसी कामले पाँच दिनदेखि बिदा रहेको र फार्मेसी खोल्ने अन्य फर्मासीस्ट नहुँदा अस्पताल परिसरमा रहेको फार्मेसी बन्द भएको हो । अस्पताल विकास समितिद्वारा सञ्चालित फार्मेसी बन्द हुँदा सेवाग्राही बाहिर रहेका क्लिनिकबाट […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

काठमाडौं, १२ माघ । ‘तिरिरी मुरली बज्यो वनैमा‘ गीतका गायक तथा पुराना संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ । शरदकुमार शाक्यको शब्द रहेको यो चर्चित गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए । ८५ वर्षको उमेरमा निधन भएको उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिने जनाइएको छ । काठमाडौंको ओमबहालमा वि. सं. १९८८ साल पुस […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु, ११ माघ । दिनहुँ जसो हुने दाहसंस्कारपछि फोहर व्यवस्थापन नहुँदा कपिलवस्तुको वाणगङ्गा नदीको लक्ष्मणघाट क्षेत्रमा फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । जिल्लाको यो शवदहन स्थल लक्ष्मणघाट वाणगङ्गा नदीको वडा नं १२ र त्यसको पारि नगरपालिककै वडा नं ११ मा महत्वपूर्ण धार्मिक लक्ष्मणघाट मन्दिर क्षेत्रमा छ । नदी किनारमा शव जलाइसकेपछि […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

खोटाङ, ११ माघ । १५ वर्षपछि लागुऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् । लागुऔषध मुद्दामा एक वर्ष कैद र रु पाँच हजार जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइ यतिका वर्षसम्म फरार थिए । उनीहरुलाई घरमा आएको मौका छोपी […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

भक्तपुर, ११ माघ । मध्यपुरथिमि नगरपालिका कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी माविका विद्यार्थीले रगतको अभाव देखिएपछि आज आकस्मिक रक्तदान गरेका छन् । विद्यालयको २७आँै वार्षिकोत्सवका अवसरमा विद्याथीहरुमा सामाजिक भावना जगाउन रक्तदानकार्यक्रम गरिएको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा ५० विद्यार्थी तथा शिक्षकले रक्तदान गरेका थिए । त्यसैगरी ‘रन फर फन’ भन्ने नारासहित विद्यार्थी, शिक्षक र अभिभावकको […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार बेँसीसह, ११ माघ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई सडक मर्मत अवधिभर सवारी आवतजावतमा रोक लगाउन पत्राचार गरेको छ । यही माघ २५ देखि आगामी […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ११ माघ । नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा विवाद देखिएको छ । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

काठमाडौं, ११ माघ । सोमबार अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रांस पेसिफिक पार्टनरसीप (टीटीपी) व्यापार सम्झौताबाट हटाएको छ । ट्रम्पले १२ देशहरुको व्यापार सम्झौताको र्वार्ता प्रक्रियाबाट वापसीको आदेशमा हस्ताक्षर गरेका हुन् । यो पूर्व राष्ट्रपति बाराक ओबामाको ठूलो अन्तर्राष्ट्रिय व्यापार परियोजनामध्ये एक थियो । यति मात्र हैन सात साल लामो कुराकानी पश्चात मात्र गत […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

काठमाडौँ, ११ माघ । साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी मेला चली रहेको छ । हिन्दु महिलाहरुले स्वस्थानीको पूजा गरी एक महिनासम्म स्वस्थानी व्रत लिने गर्छन् । एक महिनासम्म चल्ने मेलामा यस समयभित्र कुनै एक दिन मात्र भएपनि शालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहि आएको छ […]


प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, १० माघ । चीनमा निकै चर्चित ‘वान चाइल्ड पोलिसी’ हट्नासाथ त्यहाँको जनसंख्या ह्वातै बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १३ लाख बढी बच्चा जन्मिएका छन् । चीन सरकारको गणनाअनुसार अघिल्लो बर्ष एक करोड ८४ लाखभन्दा बढी बच्चाहरुको जन्म भएको थियो । यो संख्या २०१५को तुलनामा ११ प्रतिशतले बढी हो ।  पछिल्लो वर्ष […]


प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौँ, १० माघ । शक्तिपीठको रुपमा हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका कालिञ्चोक भगवतीको मन्दिर दोलखा जिल्लामा पर्दछ । कालिञ्चोक गा.वि.सं अन्तरगत पर्ने यो मन्दिर समुन्द्री सतहबाट करिब ३८४२ मिटरको उचाईमा छ । यहाँ हिन्दु र बौद्व धर्मावलम्बीहरु समान रुपमा आउने गर्दछन् । यस मन्दिरमा आएर भक्तजनहरुले मागेका कुरा पुरा हुने र कोही पनि खाली हात फर्कन […]



 

 

 

 

 

 

 


ताजा अपडेट