रगत अभाव कम गर्न विद्यार्थीबाट रक्तदान

आदर्श जनप्रेमी अङ्ग्रेजी माविका विद्यार्थीले आकस्मिक रक्तदान गरे

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

भक्तपुर, ११ माघ । मध्यपुरथिमि नगरपालिका कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी माविका विद्यार्थीले रगतको अभाव देखिएपछि आज आकस्मिक रक्तदान गरेका छन् ।

विद्यालयको २७आँै वार्षिकोत्सवका अवसरमा विद्याथीहरुमा सामाजिक भावना जगाउन रक्तदानकार्यक्रम गरिएको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा ५० विद्यार्थी तथा शिक्षकले रक्तदान गरेका थिए ।

त्यसैगरी ‘रन फर फन’ भन्ने नारासहित विद्यार्थी, शिक्षक र अभिभावकको दौड प्रतियोगिता सम्पन्न भएको छ । आज बिहान आयोजित दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट