लागुऔषध मुद्दामा फरार मगर दाजुभाइ पक्राउ

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

खोटाङ, ११ माघ । १५ वर्षपछि लागुऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा एक वर्ष कैद र रु पाँच हजार जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइ यतिका वर्षसम्म फरार थिए ।
उनीहरुलाई घरमा आएको मौका छोपी आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दाजुभाइलाई सोमबार जिल्ला अदालतमा हाजिर गराएर सोही दिन साँझ कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एक÷एक वर्ष कैद र पाँच÷पाँच हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

फरार रहेकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट