गायक तथा संगीतकार पन्नाकाजीको निधन

आजै दाहसंस्कार गरिने

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

काठमाडौं, १२ माघ । ‘तिरिरी मुरली बज्यो वनैमा‘ गीतका गायक तथा पुराना संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ । शरदकुमार शाक्यको शब्द रहेको यो चर्चित गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए ।

८५ वर्षको उमेरमा निधन भएको उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिने जनाइएको छ ।

काठमाडौंको ओमबहालमा वि. सं. १९८८ साल पुस १५ गते जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले रेडियो नेपालमा ०४० सालसम्म काम गरेका थिए ।

उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट