साँखुको शालीनदीमा चली रहेको स्वस्थानी मेला

दर्शन गरौं तस्वीरबाट नै

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

काठमाडौँ, ११ माघ । साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी मेला चली रहेको छ ।

हिन्दु महिलाहरुले स्वस्थानीको पूजा गरी एक महिनासम्म स्वस्थानी व्रत लिने गर्छन् ।


एक महिनासम्म चल्ने मेलामा यस समयभित्र कुनै एक दिन मात्र भएपनि शालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहि आएको छ ।

साँखुको शालीनदी लगायतका स्थानमा व्रतालुहरुको घुइँचो लागेको छ ।


विगत केही वर्षदेखि शालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक शालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाएको छ ।

शालीनदीको यो मेला माघ २८ गतेसम्म लाग्नेछ ।

एक महिनासम्म स्वस्थानी व्रत गर्नाले आफुले चिताएको पुरा हुने विश्वास छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट