ट्रम्पले टीटीपी व्यापार सम्झौताबाट अमेरिकालाई हटायो

यो संगै ओबामाको अर्काे फैसला रद्द भयो

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

काठमाडौं, ११ माघ । सोमबार अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रांस पेसिफिक पार्टनरसीप (टीटीपी) व्यापार सम्झौताबाट हटाएको छ ।

ट्रम्पले १२ देशहरुको व्यापार सम्झौताको र्वार्ता प्रक्रियाबाट वापसीको आदेशमा हस्ताक्षर गरेका हुन् । यो पूर्व राष्ट्रपति बाराक ओबामाको ठूलो अन्तर्राष्ट्रिय व्यापार परियोजनामध्ये एक थियो ।

यति मात्र हैन सात साल लामो कुराकानी पश्चात मात्र गत वर्ष ४ फेब्रुअरीमा न्युजीलैंडमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । टीटीपीमा १२ सदस्य छन् ।

ट्रम्पले यो सम्झौता अमेरिकी नौकरी र निर्माण क्षेत्रका लागि हितकारी नभएको बताएका छन् । यो भन्दा पहिले नै ट्रम्पले शपथ ग्रहण गरेको केही घण्टामै ओबामाकेयरको आर्थिक बोझ कम गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट