निर्माण रकम लगेपछि सम्पर्कविहीन पदाधिकारी

पुल निर्माण कार्य अहिलेसम्म हुनसकेन

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

सोलुखुम्बु, १२ माघ । उपभोक्ता समितिका पदाधिकारी पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि सम्पर्क विहीन बनेका छन् । पदाधिकारी सम्पर्क विहीन भए पछि १८ महिना बितिसक्दा समेत विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अघि बढ्न नसकेको हो ।

पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए ।

जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भए पनि अहिले सम्म दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माण कार्य अहिलेसम्म कुनै काम हुनसकेको छैन ।

उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट