तस्वीरमा गोरखा दरबार

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

काठमाडौं, १२ माघ । बाबा गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण हुन गयो भन्ने जन विश्वास छ । राजधानी काठमाडौंबाट करिब १४० कि.मी. दुरीमा रहेको यो समुन्द्रि सतहबाट १२१० मिटरको उचाइमा अवस्थित छ ।

गोरखा बजारबाट ४० मिनेटको दुरीमा यो दरबार छोटो पैदलयात्राको लागि उपयुक्त मानिन्छ । यो दरबार उच्च स्थानमा रहेको हुनाले यहाँबाट विभिन्न हिमश्रृङ्खलाहरु धौलागिरी, मनास्लु हिमाल आदिको दृश्यावलोकन गर्न सकिन्छ ।

शाहवंशीय राजा महाराजाहरुको उद्गम स्थल तथा आधुनिक नेपाल निर्माता राजा पृथ्वीनारायण शाह करिब १८ शताब्दीतिर यहि दरबारबाट देश राज्य सञ्चालन गर्दथे ।

१. गोर्खा दरबार जुन उचाईमा अवस्थित छ ।

२. राजापृथ्वीनारायण शाहले प्रयोग गरेका निजि हातहतियारहरु

३. त्यसवेलाका राजगद्यी, राजाकोसिहाँसन


४. संग्राहलय


५. दरवार क्षेत्रबाट देखिने सुन्दर हिमालहरु


६. राजा रामशाहले चलनचल्तीमा ल्याएका विभिन्न नापतौलहरु


७. नेपाली मौलिक बाजागाजा

८. विभिन्न जनजातिहरुको तस्वीर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट