कालिञ्चोक भगवती

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौँ, १० माघ । शक्तिपीठको रुपमा हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका कालिञ्चोक भगवतीको मन्दिर दोलखा जिल्लामा पर्दछ ।
कालिञ्चोक गा.वि.सं अन्तरगत पर्ने यो मन्दिर समुन्द्री सतहबाट करिब ३८४२ मिटरको उचाईमा छ ।

यहाँ हिन्दु र बौद्व धर्मावलम्बीहरु समान रुपमा आउने गर्दछन् । यस मन्दिरमा आएर भक्तजनहरुले मागेका कुरा पुरा हुने र कोही पनि खाली हात फर्कन नपर्ने मान्यता रहँदै आएको छ ।

यसरी राजधानीबाट दोलखाको सदरमुकाम चरीकोट हुदैं यहाँ सम्मको दुरी करिब १३५ किलोमिटर रहेको छ । चरिकोटको कुरी कालिञ्चोकसम्म सहजरुपमा यातायातको साधन मार्फत पुग्न सकिन्छ भने त्यस पश्चात करिब १ घण्टाको उकालो पैदल यात्रामा कालिञ्चोक भगवतीको मन्दिर पुग्न सकिन्छ ।

करिब ३८०० मिटरको उचाईमा रहेको हुनाले यहाँको मौसम प्रायजसो चिसो नै हुने गर्छ । त्यसमा पनि जनवरी र फेबु्रअरी महिनामा त यहाँ हिउँ नै पर्ने गर्दछ ।

यहाँबाट विभिन्न हिमश्रृङ्खलाहरु देखिने, मनोरम वनजङ्गल बोटविरुवा र उकालो ओराले बाटोहरुले जो कोहिलाई मोहित बनाउँछ । धार्मिक र पर्यटकिय दृष्टिकोणका साथैं अतिनै महत्वपूर्ण यो ठाउँमा जो कोहीले पनि एकपल्ट  पुग्नुपर्ने देखिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट