चीनमा वान चाइल्ड पोलिसी हटेसंगै जनसंख्या वृद्धि

अघिल्लो वर्षको तुलनामा यस वर्ष १३ लाख बढी बच्चा जन्मिए

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, १० माघ । चीनमा निकै चर्चित ‘वान चाइल्ड पोलिसी’ हट्नासाथ त्यहाँको जनसंख्या ह्वातै बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १३ लाख बढी बच्चा जन्मिएका छन् ।

चीन सरकारको गणनाअनुसार अघिल्लो बर्ष एक करोड ८४ लाखभन्दा बढी बच्चाहरुको जन्म भएको थियो । यो संख्या २०१५को तुलनामा ११ प्रतिशतले बढी हो ।  पछिल्लो वर्ष जन्मेका बच्चाहरुमध्ये लगभग आधा बच्चाहरु आमा बाबुका द्रोसा सन्तान हुन ।

गतवर्षमात्र चीन सरकारले वान चाइल्ड पोलिसीको अन्त्य गरेको थियो ।

चीनले सन् १९७९मा जनसंख्या वृद्धि नियन्त्रणका लागि वान चाइल्ड पोलिसी लागु गरेको थियो । तर त्यस नीतिले गर्दा वृद्धवृद्धाको संख्या बढेको र तिनीहरुलाई साहारा दिने युवापुस्ताको कमी भएका कारणले वान चाइल्ड पोलिसीको अन्त्य गरिएको थियो ।

एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट