नेपालको अलैँची–अदुवा स्वादिलो मान्दै विदेशी

नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

झापा, १२ माघ । विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् ।

झापा फर्किएको टोलीले बिर्तामोडमा आयोजित एक कार्यक्रममा मङ्गलबार पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर त्यस्तो प्रतिक्रिया दिएका हुन् । स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए।

उनले भने, ‘प्याकेजिङ र गुणस्तरमा ध्यान दिए नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रवेश पाउन सक्छ ।’

टोलीमा नेपाल, स्विट्जरल्यान्ड, बोलिभिया, लाओस र युगान्डाका अलैँची र अदुवामा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । अनुसन्धानको अगुवाइ गरिरहेको नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसिसिआर) का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यसप्रकारको अनुसन्धानले नेपालको कृषिजन्य उत्पादन अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट