फार्मेसी बन्द हुँदा सेवाग्राही मर्कामा

पाँच दिनदेखि बिदामा फार्मेसीका कर्मचारी

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

ताप्लेजुङ , १२ माघ । ताप्लेजुङको जिल्ला अस्पतालमा फार्मेसीका कर्मचारी पाँच दिनदेखि बिदामा रहदा सेवाग्राही मर्कामा परेका छन् । फार्मेसीमा कार्यरत कर्मचारी रेसा लावती घरायसी कामले पाँच दिनदेखि बिदा रहेको र फार्मेसी खोल्ने अन्य फर्मासीस्ट नहुँदा अस्पताल परिसरमा रहेको फार्मेसी बन्द भएको हो ।

अस्पताल विकास समितिद्वारा सञ्चालित फार्मेसी बन्द हुँदा सेवाग्राही बाहिर रहेका क्लिनिकबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

अस्पताल विकास समितिले फार्मेसीमा एक जना मात्र फर्मासीस्ट नियुक्ति गरेकाले बेलाबेलामा फार्मेसी बन्द हुँदै आएको छ । अस्पताल विकास समितिले अस्पतालका विभिन्न सेवामा शुल्क लिए पनि बिरामीलाई भने सेवा नदिएको स्थानीयको गुनासो छ ।

विकास समितिले अस्पतालमा लिएको सेवा शुल्कबापतको रकम र औषधि बिक्रिबाट आएको नाफाले फार्मेसीमा पर्याप्त कर्मचारी राख्न पुग्ने देखिए पनि बेवास्ता गरेको कारण सेवाग्राहीले दुःख पाएको स्थानीयले गुनासो गरे । अस्पतालको फार्मेसीले हरेक औषधिमा दश प्रतिशत छुट दिँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट