समाचार
प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १६ माघ  । कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको छ । कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुने छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको […]


प्रकाशित मिति: १५ माघ २०७३, शनिबार

काठमाडौं, १५ माघ । आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ । फागुन १ गतेदेखि सुरु हुने गरी आज त्रिविले स्ववियु निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलले जानकारी गराएको छ । त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो । कार्यतालिकाअनुसार फागुन […]


प्रकाशित मिति: १५ माघ २०७३, शनिबार

काठमाडौं, १५ माघ । बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यताअनुसार आज तामाङ समुदायले विशेष पर्व सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैंछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । तामाङ समुदायमा ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । मञ्जुश्री पात्रोअनुसार […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं , १४ माघ । गायक प्रकाश ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्टाउँदै यो सजाय सुनाएको हो ।  प्रहरीले उनलाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा  जेल चलान गरेको छ । पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै  सर्वोच्चले माघको पहिलो साता नै सुनसरी इटहरीका […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ । लण्डनमा श्रीमतीसंगै बस्दै आएका २९ वर्षीय अधिकारीले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

वाशिङटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिके पेना नितोको अमेरिका भ्रमण आपसी सहमतीमा नै रद्द भएको बताएका छन् । उनले भनेका छन् की ‘जब सम्म मेक्सिले अमेरिकासँग निष्पक्ष व्यवहार गर्दैन तब सम्म यो बैठकको कुनै अर्थ रहदैन ।’ आउने साता राखिएको यो भ्रमण ट्रम्प आफैँले रद्द गरेका हुन । फिलाडेल्फियामा रिपब्लिकन रिट्रीटको […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काडमाडौं, १४ माघ  । साझा यातायाताको सिको गर्दै ब्यवसायीहरु रिङ्गरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र भएको छ । शुक्रबारदेखि काठमाडौंमा सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमता भएका यी बसहरु सबै अपांगमैत्री रहेको कम्पनीले जनाएको छ । कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, १३ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन सर्र्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ । महाशाखाले ओबल इन्टरनेसनल प्रालिको सहयोगमा सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्सेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

काठमाडौँ, १३ माघ । विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य लागिपरेका छन् । हरेक महिनाको दोस्रो बुधबार नेपाल ललितकला पत्रकार समाजले गर्दै आएको ‘कलाका कुरा’ को १५औँ श्रृंखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताए । उनले भने ‘त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ ।’ नेपाली कलाको इतिहास दुई […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

पाल्पा, १३ माघ । रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसा छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन् । शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । ४ लाख रुपैयाँको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय सुरु गरेका रेग्मीले अहिले मनग्य आम्दानी गरिरहेका […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

मेक्सिको सिटी, १३ माघ । मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नो देशले अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बुधबार बताएका छन् । ‘कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन’, राष्ट्रपति निइटोले भने । अमेरिकाको पर्खाल बनाउने निर्णयप्रति खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

मस्को, १२ माघ । अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आमजनताले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, १३ माघ । ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । गए राति १० बजेको ड्रागन एयरबाट हङकङ तर्फ उडान भर्न लागेका वइविन हि विमानस्थलबाट पक्राउ परेका हुन् । हङकङ जान विमानस्थल पुगेका हिको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । विमानस्थलमा चिनियाँको हृयाण्ड ब्याग एक्सरे […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

न्युर्याेक, १३ माघ । भविष्यमा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचनमा उठ्ने हल्लाको फेसबुकका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले पुष्टि गरेका छन् । उनले आफ्नो राष्ट्रपति पदमा उठ्ने कुनै मनसाय नरहेको बताउँदै आफ्नो कम्पनीको विकासका लागि निरन्तर काम गरी रहने बताएका छन् । उनले अब आफ्नो कम्पनीका साथै आफ्नो फाउण्डेशन चान जुकरबर्ग इनिशटिव (सीजेडआइ) […]


प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

दिल्ली, १२ माघ । २६ जनवरी अर्थात भारतको गणतन्त्र दिवस । राजधानी दिल्लीमा भोलीका लागि गरिएको विशेष तयारी । के छ यो पाली विशेष हेरौं फोटो फिचर ।



 

 

 

 

 

 

 


ताजा अपडेट