गायक प्रकाश ओझा पक्राउ

१० वर्षको जेल सजाय फैसला

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं , १४ माघ । गायक प्रकाश ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्टाउँदै यो सजाय सुनाएको हो ।  प्रहरीले उनलाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा  जेल चलान गरेको छ ।

पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै  सर्वोच्चले माघको पहिलो साता नै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको थियो । तर, यो फैसला सार्वजनिक भएको थिएन ।

ओझाले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैतिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए ।

सर्वोच्चले त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको ठहर गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट