स्ववियु निर्वाचन फागुन १४ मा हुने

त्रिविद्धारा कार्यतालिका सार्वजनिक

प्रकाशित मिति: १५ माघ २०७३, शनिबार

काठमाडौं, १५ माघ । आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ ।

फागुन १ गतेदेखि सुरु हुने गरी आज त्रिविले स्ववियु निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलले जानकारी गराएको छ ।

त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो ।

कार्यतालिकाअनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने , त्यस्तै ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गने र १४ गते मतदान हुने तालिकामा उल्लेख गरिएको छ ।

त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्नापनि फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी बन्द गरेको बताईएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट