राष्ट्रपति पदमा उठ्ने हल्लाको जुकरबर्गले गरे खण्डन

आफ्नै कम्पनीको विकासका लागि निरन्तर काम गर्ने

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

न्युर्याेक, १३ माघ । भविष्यमा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचनमा उठ्ने हल्लाको फेसबुकका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले पुष्टि गरेका छन् ।

उनले आफ्नो राष्ट्रपति पदमा उठ्ने कुनै मनसाय नरहेको बताउँदै आफ्नो कम्पनीको विकासका लागि निरन्तर काम गरी रहने बताएका छन् ।

उनले अब आफ्नो कम्पनीका साथै आफ्नो फाउण्डेशन चान जुकरबर्ग इनिशटिव (सीजेडआइ) को लागि पनि काम गर्ने बताए ।

मार्कले यो फाउण्डेशन आफ्नी श्रीमती प्रिंसिलासंग मिलेर विज्ञान एवम् नेतृत्व अनुशन्धानको क्षेत्रमा काम गर्न सुरु गरेका थिए ।

(एजेन्सी)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट