एक चिनियाँ ४४ राहदानीसहित पक्राउ

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, १३ माघ । ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । गए राति १० बजेको ड्रागन एयरबाट हङकङ तर्फ उडान भर्न लागेका वइविन हि विमानस्थलबाट पक्राउ परेका हुन् ।

हङकङ जान विमानस्थल पुगेका हिको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । विमानस्थलमा चिनियाँको हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानमा उनले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएका थिए । हिको साथबाट बरामद भएका सबै राहदानी चिनियाँ नागरिककै रहेको विमानस्थलका एक अधिकृतले बताए ।

साउदीको भिसा लगाउन काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद कुनै पनि राहदानीमा साउदीको भिसा छैन । चिनियाँ दूतावास मार्फत बरामद पास्पोर्टका बारेमा विस्तृत जानकारी लिने काम भैरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट