आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदैं

टुँडिखेलमा विविध कार्यक्रमको आयोजना

प्रकाशित मिति: १५ माघ २०७३, शनिबार

काठमाडौं, १५ माघ । बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यताअनुसार आज तामाङ समुदायले विशेष पर्व सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैंछन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । तामाङ समुदायमा ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ ।

मञ्जुश्री पात्रोअनुसार  सोनाम ल्होसारलाई बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा विभाजन गरी मनाउने प्रचलन छ ।

ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदान प्रदान गरी यो पर्व मनाईन्छ ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति पिच्छे फरक-फरक समयमा ल्होसार मनाउने चलन छ ।

यस वर्षपनि तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा सोनाम ल्होसारका अवसरमा  तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शनी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट