सडक सुरक्षाकालागि ट्राफिक जनचेतना कार्यक्रम

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौँ, १३ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन सर्र्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ ।

महाशाखाले ओबल इन्टरनेसनल प्रालिको सहयोगमा सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्सेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

यसले सवारी प्रयोगकर्ता र सर्वसाधारणलाई जनचेतना दिने हुँदा यो सेवा प्रभावकारी हुने उनले बताए । उनका अनुसार ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनका लागि महानगरपालिकाको सहयोगमा ३१ स्थानमा ट्राफिक बत्ती जडान गरिने छ ।

जहाँ मानिस जम्मा हुन्छन् त्यस्ता ठाउँमा महाशाखाले ट्राफिक जनचेतनासम्बन्धी सेवा प्रदान गर्ने छ र सेवा दिन आवश्यक परेको क्षेत्रको अध्ययन गरी दैनिक भिन्दाभिन्दै ठाउँमा सो सेवा सञ्चालन गर्ने महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट