११ र १२ परीक्षाको समयतालिका सार्वजनिक

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १६ माघ  । कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको छ ।

कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुने छ । परीक्षा नियन्त्रण

कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार कक्षा ११को परीक्षा जेष्ठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।

यस्तै परीक्षार्थीहरुलाई सामयमै परीक्षा आवेदन फाराम भर्न पनि परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरेको छ ।

आगामी माघ मसान्तभित्र २०७४ सालको वाषिर्क परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ भने उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट