मेक्सिकोका राष्ट्रपतिको अमेरिका भ्रमण रद्द

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

वाशिङटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिके पेना नितोको अमेरिका भ्रमण आपसी सहमतीमा नै रद्द भएको बताएका छन् ।

उनले भनेका छन् की ‘जब सम्म मेक्सिले अमेरिकासँग निष्पक्ष व्यवहार गर्दैन तब सम्म यो बैठकको कुनै अर्थ रहदैन ।’ आउने साता राखिएको यो भ्रमण ट्रम्प आफैँले रद्द गरेका हुन ।

फिलाडेल्फियामा रिपब्लिकन रिट्रीटको अवसरमा ट्रम्पले भने ‘मेक्सिकोका राष्ट्रपति एनरिके पेना नितोको आउने साता राखिएको अमेरिकी यात्रा रद्द गरिएको निर्णय आपसी सहमतीमा तय भएको हो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट