आजदेखि राजधानीमा सिटी मेट्रो बस सेवा सुरु

वनस्थलीबाट बानेश्वर आउने यात्रुहरुलाई सहज

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काडमाडौं, १४ माघ  । साझा यातायाताको सिको गर्दै ब्यवसायीहरु रिङ्गरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमता भएका यी बसहरु सबै अपांगमैत्री रहेको कम्पनीले जनाएको छ । कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने योजना रहेको बताएको छ ।

वनस्थलीबाट छुटने यी बस नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुगेर सोही रुटबाट नै फर्कनेछन् ।

यसले वनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झण्झट र  दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । कम्पनीका बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यात्रा गर्न सकिने कम्पनीले बताएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट