ट्रम्पको पर्खाल मेक्सिकोलाई अमान्य

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

मेक्सिको सिटी, १३ माघ । मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नो देशले अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बुधबार बताएका छन् ।

‘कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन’, राष्ट्रपति निइटोले भने । अमेरिकाको पर्खाल बनाउने निर्णयप्रति खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उनले भनेका छन् ।

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने निर्णयमा अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार बिहानै हस्ताक्षर गरेपछि प्रतिक्रियास्वरुप मेक्सिकोका राष्ट्रपतिको यो वक्तव्य आएको हो ।

मेक्सिको पर्खालमा विश्वास गर्दैन, यो अति नै भएको र मेक्सिकोले कुनै प्रकारको पर्खालका लागि सहयोग नगर्ने उनले आफ्नो व्यक्तव्यमा भनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट