मुख्य समाचार
प्रकाशित मिति: १७ असार २०८०, आईतवार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनीहरुलाई आईतबार काठमाडौंबाट पक्राउ गरेको हो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व […]


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकर इद (इदुल जोहा), मुस्लिम धर्मावलम्बीहरुले रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउँने गर्दछन् । आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढेर मुस्लिम धर्मावलम्बीहरुले घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने चलन […]


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भिडभाड व्यवस्थापन गर्न गाह्रो भएको भन्दै त्रिभुवन विमानस्थलले यात्रुको स्वागत र बिदाइका लागि बढीमा ३ जना मात्रै जान आग्रह गरेको छ। विमानस्थलले मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि एक जना यात्रुलाई स्वागत तथा बिदाइ गर्न बढीमा ३ जना मात्रै आएर भिडभाड नियन्त्रणमा […]


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका हलहरुमा भारतीय चलचित्र चल्न रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने उच्च अदालतको आदेश नमान्ने बताएका छन् । बिहीबार उच्च अदालत पाटनले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत […]


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

काठमाडौं । यस वर्षको मनसुन कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्र हुँदै नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुन १४ तारिखमा वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल भित्रिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यस […]


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जेठ ३१ गते आदेश हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आइतबार दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिएको हो । न्यायाधीश न्यौपानेले थुनछेक बहस गर्नुअघि भएको छलफलमा समय […]


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। यसअघि यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे […]


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाम गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। यूएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । यो जितसँगै एसिया कपमा स्थान बनाएको नेपाल समूह ‘ए’ […]


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना दिने भएका छन्। महावीर पुनले ४ बुँदे माग राखेर शुक्रबार वैशाख १५ गते बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने भएका हुन् । पुनले बिहीबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएसम्म माइतीघर मण्डला […]


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

काठमाडौं । आज मातातीर्थ ‍औंसी, प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदाता आमालाई सम्झिएर मातातीर्थ औंसी मनाइने गरिन्छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा […]


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने सहमति जनाएपछि आफ्नो घर फर्किन तयार भएका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर घर फर्किन आग्रह गरेका हुन् । ११ दिन […]


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

गोरखा । नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौं बाहिरको पहिलो भ्रमणका लागि गोरखा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन्। गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै राष्ट्रपति पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएकाले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका हुन् । आइतबार […]


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

काठमाडौं । अबदेखि नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूले अति आवश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक अवस्थाबाहेक वैदेशिक भ्रमण गर्न नपाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री […]


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएकामा अब ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । बिहीबार बसेको बैंकर्स संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाउने र कर्जाको प्रिमियममा […]


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। आयोगले आज बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गरेको हो। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी […]



 

 

 

 

 

 

 


ताजा अपडेट