अबदेखि एक जना यात्रु लिन र पुर्‍याउन ३ जना मात्रै विमानस्थल जान पाउने

प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भिडभाड व्यवस्थापन गर्न गाह्रो भएको भन्दै त्रिभुवन विमानस्थलले यात्रुको स्वागत र बिदाइका लागि बढीमा ३ जना मात्रै जान आग्रह गरेको छ।

विमानस्थलले मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि एक जना यात्रुलाई स्वागत तथा बिदाइ गर्न बढीमा ३ जना मात्रै आएर भिडभाड नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको हो ।

सूचनामार्फत ‘आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनको सिमितताले विमानस्थलमा सवारी व्यवस्थापनमा कठिनाई भएको, प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरुको सहज आवतजावतमा अवरोध सिर्जना भएकाले अब उपरान्त बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुका लागि बढीमा ३ जना मात्रै स्वागत तथा बिदाइ गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन,’ अपिल गरिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट