ललिता निवास जग्गा प्रकरणमा महानगरका तत्कालीन वडा सचिवसहित थप तीन जना पक्राउ

प्रकाशित मिति: १७ असार २०८०, आईतवार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले उनीहरुलाई आईतबार काठमाडौंबाट पक्राउ गरेको हो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट