अबदेखि मन्त्री र उच्च पदस्थ कर्मचारीले अति आवश्यकबाहेक विदेश जान नपाउने

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

काठमाडौं । अबदेखि नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूले अति आवश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने भएका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक अवस्थाबाहेक वैदेशिक भ्रमण गर्न नपाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

बैठकमा निर्वाचन आयोग नेपालका सचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण तथा भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट