मुख्य समाचार
प्रकाशित मिति: ४ मंसिर २०७९, आईतवार

काठमाडौं, ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनक लागि आज देशैभर मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्। देशभर जारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न स्थानमा बम विस्फोट भइरहेको छ । बर्दियाको गुलरिया नगरपालिका २ शम्भुशरण मा.वि खैरापुर मतदान केन्द्र नजिक बम […]


प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आज शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजे मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभर मतदान […]


प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनबाट एमालेबाहेक अरु कुनै पनि दल बलियो राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने दाबी गरेका छन् । शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको भन्दै ४ मंसिरको चुनावबाट एमालेबाहेक […]


प्रकाशित मिति: १२ कार्तिक २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको कांग्रेसले वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरेको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक […]


प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार

काठमाडौं । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्न तयारी गरिँदै छ। आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी साँझमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। लक्ष्मी पूजाका लागि आज साँझ […]


प्रकाशित मिति: ६ कार्तिक २०७९, आईतवार

काठमाडौं । यमराजको दूतका रूपमा चिनिने कागलाई मीठा-मीठा खानेकुरा खान दिएर आज काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा र हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान […]


प्रकाशित मिति: ३० आश्विन २०७९, आईतवार

काठमाडौं । १०३ वर्षको उमेरमा यो संसारलाई बिदा गरेका शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । आइतबार बिहान किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीले मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गरेका थिए । उनको सोही इच्छाअनुसार परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका […]


प्रकाशित मिति: २९ आश्विन २०७९, शनिबार

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका बेला सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताएका छन्। देशभरका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालको प्रयोग ठूलो चुनौती भइरहेका बेला गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत […]


प्रकाशित मिति: २१ आश्विन २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाइ सक्दा अछाम-१ बाट अघिल्लो पटक चुनाव जितेका एमाले नेता भीम रावलले भने टिकट नपाउने भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सुरदुरपश्चिम प्रदेशको संघ र प्रदेशतर्फको टिकट टुंगो लगाए पनि भीम रावलको नाम कुनै पनि क्षेत्रमा नतोकिएको एमाले स्रोतले जनाएको छ । […]


प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार

काठमाडौं । बडादशैँको तेस्रो दिन आज शक्तिपीठहरुमा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आकार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् […]


प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार

काठमाडौं । नेपालीहरुको महान चाँड बडादशैँ आजदेखि सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घर-घरमा घटस्थापना गरी जमरा राखिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैँ घर-घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं […]


प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । सात बुँदे माग राख्दै कैलालीको धनगढी पुगेर २०औँ अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। विगत १२ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दुई दिनअघि धनगढीबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन […]


प्रकाशित मिति: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताएका छन्। पूर्व आइजीपी खनाललाई बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा […]


प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

काठमाडौं । नेपालीहरुको महान् चाँड बडा दशैँका लागि आजदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् । हरेक वर्ष दशैँमा नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । यस पटक राष्ट्र बैंकले दशैँमा ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोटहरु उपलब्ध गराएको छ। नयाँ नोट […]


प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको भन्दै आफूमाथिको महाभियोग निष्कृय भइसकेको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा बुधबार जवाफ दिने क्रममा राणाले सांसदहरू आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनका लागि आफूलाई महाअभियोग लगाइएको दाबी गरेका हुन्। न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको आरोप लगाएका जबराले आफू विधि र पद्धतिबाट आएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट