दशैँका लागि नयाँ नोट आजदेखि साटिँदै, एक जनाले कति साट्न पाउने ?

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

काठमाडौं । नेपालीहरुको महान् चाँड बडा दशैँका लागि आजदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् ।

हरेक वर्ष दशैँमा नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

यस पटक राष्ट्र बैंकले दशैँमा ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोटहरु उपलब्ध गराएको छ। नयाँ नोट एक पटकमा एक जनाले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

विगत लामो समयदेखि दशैँमा टिका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने प्रचलन चलि आएकोले गर्दा राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट साट्दै आएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट