मुख्य समाचार
प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार जाने भएका छन्। सिंहदरबारमा परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जान लागेको जानकारी दिएको हो। गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश यात्रामा कतार जान […]


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आउने उतारचढावले परिस्थिति फेरिन सक्ने भएकाले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि कथमकदाचित अहिलेको […]


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले आज स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी […]


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले विशिष्ट व्यक्तिहरुको सवारी सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडक खाली गराइएको बेला निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको थियो । भीभीआईपी सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत नदिएर दुःख दिने गरिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि सरकार विशिष्ट व्यक्तिहरुको […]


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत १ महिना म्याद नाघेकालाई जरिवाना नलाग्ने व्यवस्था गरेको छ । ऋणीलाई सहुलियत दिएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा अनुसार २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको हो । चालू […]


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाको खुमलटारस्थित कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको तथा त्यहाँका पक्षी नष्ट गरिएको छ । यसका साथै नागार्जुनस्थित एक फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ४ हजार ५ सय कुखुरा […]


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

पोखरा । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना […]


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

काठमाडौं । आज माघे संक्रान्ति पर्व, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको […]


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न […]


प्रकाशित मिति: १० पुष २०७९, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र […]


प्रकाशित मिति: १० पुष २०७९, आईतवार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। सरकार गठनबारे ओलीसँग निर्णायक वार्ता गर्न आइतबार नारायणकाजी श्रेष्ठ र देव गुरुङसँगै प्रचण्ड बालकोट पुगेका हुन्। बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान दोहोर्‍याएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन्। यसअघि राष्ट्रिय […]


प्रकाशित मिति: ९ पुष २०७९, शनिबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न एमडीएमएस पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस यसअघि परीक्षणका रूपमा लागू गरेको थियो। […]


प्रकाशित मिति: २० मंसिर २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाअनुसार अहिलेसम्म पहिलो स्थानमा नेकपा एमाले रहेको छ भने दोस्रो स्थानमा कांग्रेस रहेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना हुँदा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त […]


प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

काठमाडौं । बागमती नदी किनारका सुकुम्बासीहरुले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोबास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सोमबार सयौँको संख्यामा उपस्थित भएका सुकुम्बासीहरुले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्। सुकुम्बासीहरुले ‘बिना विकल्प उठिबास […]


प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

काठमाडौं। नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी-२ बाट २८ हजार ४७६ मतका साथ जित हासिल गरेका एमाले उम्मेदवार विष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । गठबन्धनको साथ पाएकी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्। २ हजार ३४ मतको अग्रतासहित जित हात […]



 

 

 

 

 

 

 


ताजा अपडेट