काठमाडौंका तीन ठाउँका कुखुरामा बर्डफ्लू पुष्टि

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाको खुमलटारस्थित कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको तथा त्यहाँका पक्षी नष्ट गरिएको छ ।

यसका साथै नागार्जुनस्थित एक फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको र तारकेश्वरमा पनि बर्डफ्लू संकमण पुष्टि भएका कुखुरा नष्ट गरिँदै गरिएको मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट