सरकार गठनबारे निर्णायक वार्ता गर्न प्रचण्ड बालकोटमा

रवि लामिछाने र अशोक राई पनि वार्तामा सहभागी

प्रकाशित मिति: १० पुष २०७९, आईतवार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

सरकार गठनबारे ओलीसँग निर्णायक वार्ता गर्न आइतबार नारायणकाजी श्रेष्ठ र देव गुरुङसँगै प्रचण्ड बालकोट पुगेका हुन्। बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान दोहोर्‍याएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईले पनि बालकोट पुगेर ओलीसँग वार्ता गरेका छन्। मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् ।

अहिले ओली निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । बालकोटमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट