समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाअनुसार अहिलेसम्म पहिलो स्थानमा नेकपा एमाले रहेको छ भने दोस्रो स्थानमा कांग्रेस रहेको छ ।

समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना हुँदा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले २६ लाख ८८ हजार २१८ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार ८१६, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४, जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ र नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट